काठमाडौं, २९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको थुनछेक वहस जारी रहेको छ । आज (सोमबार) नेपाल सरकारका सचिव टेकनारायण पाण्डेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पाण्डेविरुद्ध प्रतिशोधका आधारमा मुद्दा चलाइएको जिकिर गरेका छन् ।
सचिव पाण्डेलाई केशव दुलालको बयानकै आधारमा पक्राउ गरेर मुद्दा चलाइएको उनको जिकिर छ । सोही प्रकरणमा नाम जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्ता प्रेम राई, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, सचिवालय सदस्य अजयक्रान्ति शाक्यविरुद्ध किन मुद्दा नचलाएको भनि वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रश्न गरे ।
सचिव पाण्डेमाथि वहालवाला सचिवलाई मुद्दा चलाउँदा पूरा गर्नुपर्ने आवश्यक प्रावधानसमेत पूरा नगरी आशंकाकै भरमा मुद्दा चलाइएको अधिवक्ता श्रेष्ठले जिकिर लिए ।




प्रतिक्रिया