‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि पत्रकार सम्मेलन


काठमाडौं, २९ जेठ । दक्षिण एसियाली महिला विकास मञ्चले सोमबार नागपोखरीस्थित् अरन्या बुटिक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो।

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले संस्थाको संक्षिप्त परिचय दिँदै भनिन्, ‘दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यता प्राप्त संस्था हो र साथै संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद् मान्यता प्राप्त एक मात्र क्षेत्रीय संगठन हो जसले दक्षिण एसियामा महिला उद्यमशीलतालाई बढावा दिन्छ। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरेको निर्णयमा नेपाल सरकारप्रति आभार व्यक्त गरिन्।’

उनले सरकारले विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्रामको अवाधरानाको व्यवस्था गरेको र महिला उद्यमी र हरित अर्थतन्त्रका लागि औद्योगिक क्षेत्र/पार्क स्थापना गर्न अत्यन्त आवश्यक र महत्त्वपूर्ण रहेको बताइन्।

उनले देशका अन्य ६ प्रदेशमा पनि यस्तै पार्क स्थापनाका लागि महिला उद्यमी हरित औद्योगिक पार्क ऐनको रूपमा कानुन बनाउन नेपाल सरकारलाई आग्रह गरिन्।

महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा, प्रदेश ३ पाँचखाल नगरपालिकाको होक्सेमा सुरु गरेको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण दिएकी थिइन्।

उनले पार्कका विशेषताहरू जस्तै प्रदूषणमुक्त, फोहोरमैला व्यवस्थापन र फोहोर पानीको पुनः प्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरी भवन: र्याम्ड अर्थ टेक्नोलोजी र साझा सेवा केन्द्रहरू जस्ता सुविधाहरूको बारेमा छलफल गरिन्।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यका साथ पार्कलाई ‘कृषि-पर्यटन हरित औद्योगिक पार्क’ को रूपमा ब्रान्ड र प्रचार गरिने र यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। यस परियोजनामा मार्फत कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रीत सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले यस पहलले महिला उद्यमशीलताको विकास र पाँचखालको आर्थिक वृद्धिमा कसरी योगदान पुर्याउन सक्ने बताए।

यस्तै संस्थाका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश ३ का सांसद याकिला शेर्पाले नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले मिडियालाई डब्लुजीआर आइपीबारे चेतना जगाउन र समाजका सदस्यहरूलाई समर्थन गर्न प्रोत्साहित गर्न र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्य पहलहरू गर्न आग्रह गर्दै सांसदको हैसियतले सरकारसँग लबिङ गर्न र महिलाको आवाजलाई बढाउने प्रयास गर्ने बताइन्।

त्यस्तै, संस्थाका कार्यसमिति सदस्य आश्रयता कार्की चौधरीले पत्रकार सम्मेलनको समापन गर्दै सञ्चारमाध्यमको उपस्थितिको लागि धन्यवाद दिँदै यस नवीन परियोजनाको लागि मिडियाको निरन्तर सहयोगको आशा गरेको बताइन्।

Skip This

Omoda E5 Pro