बैंकर्स संघले असारमा व्याजदर यथावत् राख्ने


काठमाडौं,३० जेठ । आगामी असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने भएको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले आगामी असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ ।

हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् ।