Logo

नेपाल भित्रियो यस वर्षको मनसुन



काठमाडौं,३१ जेठ । नेपालमा यस वर्षको मनसुन प्रणाली आजबाट औपचारिकरुपमा भित्रिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्तको मौसम पूर्वानुमहाशाखाले बुधबार मनसुन प्रणाली नेपाल भित्रिएको जनाएको हो।

महासाखाका अनुसार आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी ,बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडि भू-भागमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षको संभावना रहेको महाखाशाले जनाएको छ।

नेपालमा सामान्यतया जून १३ बाट मनसुन भित्रिने गर्दछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot