आज लुम्बिनी प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा


काठमाडौं, असार १ । लुम्बिनी प्रदेश सरकारले भूम्या पर्वको अवसरमा आज प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भूम्या पर्वको अवसरमा रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको हो ।

यसअघि आजै जारी भएको अर्को सूचनामा दाङमा पनि सार्वजनिक बिदा दिने उल्लेख गरिएको थियो तर फेरि त्यो सच्याउँदै दाङलाई कटाइ दुई जिल्लामा मात्रै सार्वजनिक बिदा दिने जानकारी दिइएको हो।

मगर समुदायले भूम्या पर्व धुमधामपूर्वक मनाउने गर्छन्। भुम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ।

Skip This

Omoda E5 Pro