Logo

बालेनलाई स्पष्टीकरण सोध्ने क्यानका महानिर्देशक अधिकारीको भनाई



काठमाडौं, १ असार । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने भएका छन् । प्राधिकरणको नयाँ भवन नक्सा पासबिनै निर्माण गरेपछि हिजो महानगरको टोली नवनिर्मित भवनको निरीक्षणमा पुगेको थियो ।

अधिकारीले भने अनुमति नलिई भवनमा महानगरका प्रतिनिधि गएकोमा काठमाडौं महानगरको नेतृत्वलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्राधिकरणका अधिकारीहरुले भने प्राधिकरण आँफैमा संवेदनशील कार्यालय भएको जनाएका छन् ।

करिब २ अर्ब रूपैयाँ लगानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि सिनामंगलमा क्यानले १० तले भवन निर्माण गरेको छ । तर, उड्डयन प्राधिकरणले नक्सा पास नगरेको कुरा बाहिर आएको छ । २०७२ सालमा निर्माण सुरु गरेको ती भवन निर्माणको अन्तिम चरणमा छन्।

नक्सा पासबिनै भवन ठड्यएपछि महानगरले नक्सा पासको लागि ताकेता गरेको हो । उक्त भवनमा केही विभागले कार्य सम्पादन सुरु गरिसकेका छन् । तर, अहिले उक्त भवनमा रङरोगन तथा फिनिसिङको काम भने जारी नै छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot