Logo

मनकामना केबुलकार चढ्नेको संख्या हालसम्मकै उच्च



काठमाडौं, १ असार । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै पाइएको छ।

मनकामना दर्शन प्रालिद्वारा प्रवर्द्धित सो केबुलकार हुँदै यस वर्षको दोश्रो महिनामा १ लाख ५० हजार जनाले यात्रा गरेको कम्पनीले जनाएको छ। यो संख्या मनकामना केबुलकार सञ्चालनको २५ वर्षे इतिहासकै सबैभन्दा धेरै रहेको कम्पनीले जनाएको छ।

गत बैशाख महिनामा कोरोना भाइरस महामारीपछि पहिलोपटक सबैभन्दा धेरै यात्रुले केबुलकारबाट यात्रा गरेका थिए। सो महिना १ लाख २६ हजार ३ सय ३८ जनाले केबुलकारबाट यात्रा गरेका थिए।

कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार जेठ महिनामा सो संख्या करिब २४ हजारले बढेको छ।

प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १० लाख २१ हजार २ सय ३९ यात्रीहरूले केबुलकार सेवा लिएका छन्। जसमध्ये ७ लाख ५ हजार ५ सय ९३ जना नेपाली तथा २ लाख ६९ हजार ७ सय ६० जना भारतीय मुलका नागरिकहरूले मनकामना केबुलकारको सेवा लिएका छन्।

पछिल्लो समय मनकामना दर्शनका लागि केबलकार हुँदै गोरखा उक्लने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot