Logo

म ‘राजा’लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि : कांग्रेस नेता कोइराला



काठमाडौं, २ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजालाई कहिल्यै पूर्व राजा नभनेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले बताएका छन्।

शनिबार समाजिक सञ्जालमा नेता कोइरालालाई भेटेको तस्बिर राख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले उक्त कुरा बताएका हुन्।

मिश्रले लेखेका छन् :

कांग्रेस नेता डा शेखर कोइराला (@Shekharnc)ले गज्जबको कुरा भन्नुभयो:

“म ‘राजा’लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु: हामी नेपाली अहिले रेलको ‘गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र’ जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् — ती हुन् ‘राजा’!”

मैले सोधेँ, “तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु?” उहाँले भन्नुभयो, “किन नसक्नु? मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो।”

#विचारभन्दामाथिदेश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?



प्रतिक्रिया दिनुहोस्

Screenshot