प्रचण्डको प्रश्न : एमालेसँग पार्टी एकता गर्ने हतारो पो गरेछौं कि?


काठमाडौं, ४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग पार्टी एकता गर्ने हतारो पो भयो कि भनेर प्रश्न गरेका छन्।

सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने हतारो पो भयो कि भनेर प्रश्न गरेका हुन्।

उनले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं। सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि? यो सोच्नुपर्ने प्रश्न छ।’