Logo

हात्तिगौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं, ५ असार । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौंको हात्तिगौंडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आशा किरण मण्डली बुढानिलकण्ठ-८ सँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको हो।

उक्त स्वास्थ्य शिविरमा ५६२ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार स्वास्थ्य शिविरमा ७७ जनाको इसिजी, ८२ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे गरिनुको साथै ७ जनाको दाँतसमेत खोलिएको छ। शिविरमा स्वास्थ्य जाँच गराउन आएका मध्ये १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ।

स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, हाडजोर्नी तथा नसा सम्बन्धी र जनरल मेडिसिनमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा गम्भिर बिरामीहरु देखापरे उनीहरु सोको उपचारका लागि केएमसी आए विभिन्न छुट समेत दिइने गरिएको छ।

केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष, समाजसेवी हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्। डा. शर्मा अहिले केएमसीको कार्यकारी पदमा नरहेपनि उनले थालेको अभियानलाई व्यवस्थापनले निरन्तरता दिइरहेको केएमसीका प्रमुख कार्यकारी अधिकृत डा. केपी शर्मा न्यौपानेले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot