प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई 


खोटाङ, ५ असार । नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा उत्तम चौलागाई पुुनः निर्विरोध चयन भएका छन्। सातौँ जिल्ला अधिवेशनबाट चौलागाईलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो ।

प्रेस युनियन खोटाङको उपाध्याक्षमा चिसाङ शेर्पा र कृष्णकला राई, सचिवमा दिनराज कार्की, सहसचिवमा योगिन राई र कोषाध्याक्षमा एनिशा राईलाई चयन गरिएको छ । यस्तै सदस्यमा क्रमशः मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार कार्की, पुजन राई र कृष्णमाया मगर चयन भएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसकी नेतृ डिल्लीमाया आचार्य, नेकपा (एमाले) का जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक दीपक पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दमन राई प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल पोखरेललगायत सहभागी थिए । रासस

Skip This

Omoda E5 Pro