Logo

आज वर्षको सबैभन्दा लामो दिन



काठमाण्डौ, असार ६ । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो ।

जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् । डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot