Logo

तीन खर्ब ऋण थपियो दुई खर्ब भुक्तानी



काठमाडौं, असार ७। चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ ।

थपिएको तीन खर्बसहित सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको समग्र दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड रुपियाँ पुगेको छ । जसमध्ये १० खर्ब ९९ करोड ७२ लाख रुपियाँ आन्तरिक र १० खर्ब ७३ करोड ५२ लाख रुपियाँ बाह्य ऋण रहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot