Logo

बाबुरामप्रति उपेन्द्रको टिप्पणीः ‘उहाँको एल्लै हिँड्ने बानी छ’



काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई एक्लै हिँड्न मन पराउने व्यक्ति भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चारमकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भट्टराईलाई समाजवादी मोर्चामा आफूले कहिले पनि नदेखेको बताए । बाबुरामले मोर्चाले लिएको अवधारणालाई स्वीकार गरेर आउन चाहेमा बाटो खुल्ला नै रहेको उनको भनाई छ ।

‘बाबुरामलाई समातेको पनि होइन, छोडेको पनि होइन हामीले । बाबुरामजी कहिले पनि देखिएन मोर्चामा आएको । यो मोर्चा एक वर्षदेखि तयारी हुँदै आएको हो । छुट्नु भएको हो भने उहाँलाई थाहा होला । मोर्चाले लिएको अवधारणालाई समर्थन गर्ने हो भने हामीले बाटो राखिदिएका छौं ।’ उनले भने, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भएको छ कि जस्तो छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot