Logo

रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने



काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वापा नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले पार्टीको कुनै पनि भातृ संगठन नहरने खुलासा गरेका हुन् ।

पाठ्यक्रम अनुसार पढाई, परीक्षा, नतिजा र पाठ्यपुस्तक नपाएको खण्डमा तिनै विद्यार्थीको पक्षमा रास्वपाले आवाज बुलन्द पार्ने तर विद्यार्थी संगठन नबनाउने उनले बताए ।

‘हाम्रो भातृ संगठन हुनेछैन । हाम्रो लागि विद्यार्थी त्यो विद्यार्थी मात्र हो जसले टाइममा करिकुलम अनुसार उसको परीक्षा भइरहेको छैन वा परिणाम आएको छैन वा किताब पाइरहेको छैन । हाम्रा लागि ती विद्यार्थी हुन् । कुन रंगको झण्डा बोक्ने कृषक हाम्रो हो भन्ने हामीलाई सरोकार नै छैन ।’ उनले भने, ‘हामीलाई सरोकार कृषकले मल पाइरहेको छैन वा पाइरहेको पनि कौशी खेति गर्नमात्रै पाइरहेको छ । खेतका लागि पर्याप्त छैन, त्यो सरोकार हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot