काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले नयाँ विधान निर्माणका लागि आज(आइतबार)देखि विधान अधिवेशन सुरू गरेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका पार्टीको नयाँ विधान मस्यौदामा पार्टीलाई १३ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरिएको छ।
प्रस्तावित विधानमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ समेत १५१ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख गरिएको छ।




प्रतिक्रिया