Logo

कांग्रेस छियाछिया हुन थालेको छ : नेता कोइराला



काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका छन्।

आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका हुन्।

उनले भने, ‘कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख्नुभएको छ। पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ। त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot