पशुपतिनाथ मन्दिरको जलहरी निकालियो


काठमाडौं, १० असार । पशुपतिनाथ मन्दिरको जलहरी निकालिएको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको जलहरी जोख्नका लागि निकालेको हो।

अहिले जलहरीलाई कपडाले छोपेर मन्दिर परिसरमा जोख्ने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरिरहेको छ।