Logo

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा



काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।

गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो ।

भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन उच्च अदालत पाटनले दिएको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको जिकिरसहित मेयर बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot