Logo

बजेट पारितपछि सिके राउतको स्टाट्स : यो संसद् नभएर नाटकघर मात्रै हो



काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन् :
एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे।
जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो।
तर दुर्भाग्य… सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो।
सिद्धान्तको राजनीति सार्‍है महँगो हुन्छ – योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ।
तैपनि ढुक्क हुनुहोस्, जनमत पार्टी जनतासँग उभिरहनेछ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ।
धन्यवाद।



प्रतिक्रिया दिनुहोस्

Screenshot