Logo

एमाले नेता रिमालले उठाए एमाले–कांग्रेस सहकार्यको विषय



काठमाडौं, १४ असार । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले कांग्रेस–एमालेबीचको सहकार्यको विषय उठाएका छन् । आज जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आफूले नासपातीको रुख रोपेको स्मरण गराउँदै सूर्य र रुखको “कन्ट्रिव्युटिङ” र “कन्ट्रोलिङ” इको–सिस्टम को चर्चा गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समचार आएको बेला एमाले नेता रिमालले पनि दुई दलबीचको सहकार्यबारे आफ्नो धारणा राखेका छन् ।
उनले लेखेका छन्–

जननेताको सम्झनामा ! जननेता मदन भण्डारीको ७२औं जयन्तीको अवसरमा आज मैले नासपातीको रुख रोपें । मदन भण्डारी अर्थात् सूर्य, सूर्य र रुखले प्रकृतिमा इकोसिस्टम कायम राख्छन्। एउटाले ताप दिन्छ, अर्कोले त्यसको प्रभावलाई सन्तुलनमा ल्याउन भूमिका खेल्छ । जलवायु सन्तुलित हुन जान्छ । कहिलेकहिं यसो आफैंलाई सोध्न मन लाग्छ– सूर्य र रुखको यस्तो “कन्ट्रिव्युटिङ” र “कन्ट्रोलिङ” इको–सिस्टम राजनीतिमा चाँहि किन फिट नहुने रहेछ?



प्रतिक्रिया दिनुहोस्

Screenshot