Logo

प्रदेश प्रमुख शेरचनद्वारा बकर इद शुभकामना



लुम्बिनी, १४ असार  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताएका छन् । उनले यस्ता पर्वले नेपालीबीच एकता, प्रेम र सहिष्णुता कायम राख्दै सामाजिक न्यायसहितको समुन्नत राष्ट्र निर्माणमा सहयोग पुगोस् भन्ने कामना गरेका छन् ।  रासस/File Photo



प्रतिक्रिया दिनुहोस्