ठगी मुद्दामा रौनियार पक्राउ


काठमाडौं, १५ असार । ठगी मुद्दामा हरिनारायण रौनियार प्रकाउ परेका छन्।

उनलाई बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पूर्वसांसद समेत रहेका रौनियार चर्चित निर्माण ब्यवसायी हुन्।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले पत्राचार गरेको थियो।