Logo

जिल्ला प्रवेश निषेध गर्नु हुँदैन : सञ्चारमन्त्री शर्मा



काठमाडौं, १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कसैलाईपनि जिल्ला प्रवेश निषेध गर्न नहुने बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले जिल्ला प्रवेश निषेध गर्न नहुने बताएका हुन्।

उनले भने, ‘कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्षपोषण गर्न पाउँछ, त्यो आफ्नो ठाउँमा छ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन। त्यो गर्नु हुँदैन। अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरुसँग छलफल गर्नुपर्छ। यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot