Logo

उत्तर कोरियाली राजदूत जो योङद्धारा सांसद ढकालसँग शिष्टाचार भेटवार्ता



काठमाडौं, १५ असार । नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङले नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद एकनाथ ढकालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा नेपाल र उत्तर कोरियाबीचको द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउनेबारे छलफल भएको जनाईएको छ।

अध्यक्ष ढकाल र राजदूत योङबीच पूरानो मित्रता छ । र, उनीहरु आफूहरुबीचको लामो समयदेखिको मित्रतालाई अहिलेको भेटमार्फत पुनर्मिलन र पुनर्जीवित गर्न पाउँदा हर्षित भएको ढकालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै जनाले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल गरेका छन् ।

सो क्रममा संसदीय अनुभवको आदानप्रदानको महत्त्वलाई आत्मसात् गर्दै दुवै जनाले एक अर्काको देशको विद्यायकबीच जीवन्त र सार्थक अन्तरक्रियाको आवश्यकत्तामा सहमति जनाएका छन् ।

कोरियाली प्रायद्वीपमा शान्ति, एकता र स्थायित्व हेर्ने नेपालको तीव्र इच्छा रहेको ढकालको भनाई थियो । ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य पनि हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot