Logo

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची



काठमाडौं,१८ असार । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको हलमा बस्नेछ ।

सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने,

विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद,सहरी विकास, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,

नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot