Logo

प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने



काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको बताएका हुन् । यसअघि प्रधानमन्त्री दाहालको सचिवालयले पनि प्रधानमन्त्री दाहाल चीन भ्रमणको गृहकार्यमा जुटेको बताएको थियो ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot