डडेल्धुरा पुगेका सभापतिले गरे अर्का सभापतिको प्रशंसा, देउवालाई दिए धन्यावाद


काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै धन्यावाद दिएका छन्।

बिहीबार डडेल्धुरा सदरमुकामस्थित् बसपार्कमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेस सभापति देउवाको प्रशंसा गर्दै धन्यावाद दिएका हुन्।

उनले भने, ‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई। एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ। प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्यो र निष्ठावान् हुनुपर्यो। अब बन्ने डडेलधुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो।’

यस्तै, उनले कांग्रेसको प्रशंसा गर्दै कांग्रेसको गौरवशाली इतिहास भएको र विगतमा शासहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही सत्यको पक्षमा उभिँदा नडराउनु पर्ने बताए।