Logo

सत्तारुढ दलले संविधान र लोकतन्त्रको चीरहरण गरे: एमाले महासचिव पोखरेल



काठमाडौं,२२ असार । कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ ।

गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर दाबी पेस गर्न आव्हान गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङको आव्हान बमोजिम बहुमत जुटाउन असफल भएपछि सत्तारुढ गठबन्धनका नेताहरुले सभामुख बाबुराम गौतमलाइ समेत जोडेर बहुमत पुरर्याएपछि प्रदेशप्रमुख खापुङले कांग्रेस नेता थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश प्रमुखको यो निर्णय र सत्तारुढ दलको सभामुखलाई जोडेर बहुमत पुरर्याउने खेललाई कानूनविद्धहरु संविधान र कानूनको ठाडो उल्लंघन भएको बताउँछन् । कोशीमा भएको यस्तो कार्यलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र संविधानको चरिहरण भएको टिप्पणी गरेका छन् ।

पोखरेलले आज सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै प्रदेश सरकार निर्माणमा सभामुखको हस्ताक्षर दूरुपयोग गरिनु दूभाग्यपूर्ण भएको बताएका छन् ।

उनले लेखेका छन् ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरणगर्ने राष्ट्रपतिको कदम, आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन्। राष्ट्रको गरिमा, संविधान र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो’ ।  file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot