Logo

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता



काठमाडौं, २२ असार । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिबीच सम्झौता भएको छ। बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले त्रिपुरेश्वरस्थित् ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको बैंकले बताएको छ।



प्रतिक्रिया दिनुहोस्