लडाकु शिविरका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत छैन : महामन्त्री ढकाल


काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले माओवादी केन्द्र सधैं सरकारमा टाँस्सिरहेको आरोप लगाएका छन्।

शनिबार रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका महामन्त्री ढकालले लडाकु शिविरका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको आरोप लगाएका हुन्।

‘तपाईंहरुलाई थाहा नै छ। लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर निस्कन सक्दैन। माओवादी सधैं सरकारमा बसिरहन्छ। माओवादी सधैं सरकारमा टाँस्सिरहन्छ। माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत ल्याकत छैन,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीसँग आफूलाई प्रधानमन्त्री बनाउन लमि गरेजस्तो देखिएको दाबी गरेका महामन्त्री ढकालले बताए।

उनले रास्वपाले प्रधानमन्त्रीको राजीनामा नमागेको तर प्रधामन्त्रीले आफ्नो कुरा स्पष्ट पार्नुपर्ने बताएका छन्।