Logo

एमाले महासचिव पोखरेल भन्छन्ः ‘धेरै राजनीतिक दलहरु हुँदा राष्ट्रको भविष्य अध्यारो हुन्छ’



काठमाडौं, २३ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धेरै राजनीतिक दल हुँदा मुलुकको भविष्य अध्यारो हुने बताएका छन् । आज (शनिबार) एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब बलियो राजनीतिक दल निर्माणतर्फ लाग्नुपर्ने बताएका हुन् ।

‘जतिधेरै राजनीतिक दलहरु, त्यतिधेरै नीतिगत विचलन, जतिधेरै राजनीतिक दलहरु त्यत्तिधेरै राजनीतिक अस्थिरता, जतिधेरै राजनीतिक दलहरु त्यतिधेरै वैदेशिक चलखेल, जतिधेरै राजनीतिक दलहरु राष्ट्रको भविष्य अध्यारो हुन्छ । यस अर्थमा धेरै राजनीतिक दलहरु होइन । बलिया राजनीतिक दलतर्फ अब समाजाई डोहो¥याउनु जरुरी छ,’– उनले भने ।

बलियो राजनीतिक दल देशलाई आवश्यक भएपनि अहिले सत्तामा रहनेहरु बलिया हुन नसकेको उनको आरोप छ । अहिले देशमा कमजोर शक्तिले शासन गर्ने र सम्झौता गर्ने परम्पारा बसेको भन्दै मुलुकलाई यस पसिस्थितिबाट बाहिर निकाल्न आवश्यक रहेको उनले बताए ।

‘जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधि सभामा हेर्नुहुन्छ भने नेपाली कांग्रेस पहिलो दल छ, नेकपा (एमाले) दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ । तर, सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । नेपाली समाजमा राजनीतिको ध्रवीकरण हुन सकेन ।’ उनले भने, ‘बलिया राजनीतिक दलहरु जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरु बलिया हुन सकेनन् । कमजोर शक्तिले शासन गर्ने र सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ, यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot