Logo

बाबुराम पूराना माओवादी नेताकहाँ चाहार्दै, होला त पूर्व माओवादीहरुबीच एकता ?



काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्व माओवादी नेताहरुसँगको भेटवार्तामा व्यस्त हुन थालेका छन् । पछिल्लो समय समाजवादी मोर्चा बनाउनुपर्ने भनेर वकालत गर्दै आएका बाबुराम अहिले गठित समाजवादी मोर्चा नेपालबाट छुटेका छन् । तर, उनी पूर्व माओवादीहरुलाई जुटाउन लागिपरेका छन् ।

आज भने उनी पूराना सहयोद्धा मोहन बैद्यलाई भेट्न पुगेका छन् । पछिल्लो समय बैद्य बढिजसो घरमै बस्छन् । यता, प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्व माओवादीहरुबीच एकताको लागि पहल लिइरहेको बेलामा बाबुरामले भने आज बैद्यसँग भेटवार्ता गरेका छन् ।

नेत्रविक्रम चन्दसमेत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकताको लागि तयारीमा छन् । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवले पनि छिट्टै माओवादीसँग एकता हुन लागेको खुलासा गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot