Logo

नेताहरुले सत्ताको दुरुपयोग गरेर जनता लुटिरहेका छन्ः सुनिल शर्मा



काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संसद्मा दुई सय ७५ जना सांसदमध्ये दुई सय ५० जना सांसद निरिह रहेको टिप्पणी गरेका छन् । शनिबार मोरङको सुन्दरहरैचाको श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १६औं वार्षिक साधारणसभा एवं दोस्रो आयोजनाको समुदघाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले २० /२५ जना सांसदले नै सत्तालाई खेलाइरहेको बताएका हुन् ।

‘वास्तवमा केही मान्छेहरुले देश लुटेर बसेको मलाई फिल भयो । हामी दुई सय ७५ जना सांसद छौं । दुई सय ५० जना निरिह छन् । २० ÷२५ जनाले सत्तालाई खेलाएको छ, चलाएको छ,’– उनले भने ।

साथै, सांसद शर्माले सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियजनमा पनि समानुपातिक, समावेशी प्रणाली नअपनाएको बताए । राष्ट्रिय बजेटको ५३ प्रतिशत बजेट चार जना नेताहरुको क्षेत्रमामात्रै विनियोजन भएको भन्दै उनले नेताहरुले सत्ताको दुरुपयोग गरेर जनता लुटिरहेको बताए ।

‘राष्ट्रिय बजेटलाई चार जना नेताहरुकोमा ५३ प्रतिशत बजेट लगेको छ । कर चाहिँ सबैले तिर्नुपर्ने, तर सय रुपैयामध्ये ५३ रुपैयाँ चाहिँ हाम्रा चार वटा नेताहरुको क्षेत्रमामात्रै लगेर सत्ताको दुरुपयोग गरेर देशभरीका जनतालाई लुट्ने काम भएको छ,’– उनले भने ।

उनले व्युरोक्रेशी र सरकारमा इमानदारिता मरेर गएको बताए । यस्तो पद्धतिलाई तोड्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot