Logo

बरु रेड कार्पेट ओछ्याइदिनुस्, शंकाको घेरामा रहेकालाई वयानमा बोलाउनुस्ः रवि लामिछाने



काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नेकपा (एमाले) को पक्षमा नरहेको बताएका छन् । आज (आईतबार) संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाको आफ्नो मुद्दा र एजेण्डा रहेकाले कसैको पछि नलाग्ने बताएका हुन् ।

सरकारले भ्रष्टाचारी थुन्न थालेकोमा आफूहरुले सहयोग गरिरहेको उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि शंकाको घेरामा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याउन आवश्यक रहेको उनले बताए ।

‘जोसुकै होस् सन्दिग्ध, शंकास्पद, नाम आएका, शंकाको घेरामा परेका जोसुकै हुन, बरु रेड कार्पेट ओछ्याइदिनुस् बयानमा बोलाउनुस् । यसको छानविन प्रहरीले जरासम्मै पुगेर गरोस् भन्ने पक्षमै म छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot