Logo

मिटरब्याज पीडतको विधेयक प्रधानमन्त्रीले जथाभावी बोलेको कारण निष्कृय भयोः रघुजी पन्त



काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण मिटरब्याज समस्या समाधानका लागि बनेको विधेयक निष्कृय भएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले जथाभावी बोलेको कारणले विधेयक पारित हुन नसकेको बताएका हुन् । साथै, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा समयमै विधेयक दर्ता नगरेको पनि उनको आरोप छ । विधेयकको गाम्भीर्यता हेरेर एमालेको समर्थनसहित विधेयक पास गर्ने चाहना भएपनि प्रधानमन्त्रीको कारण उक्त विधेयक रोकिन पुगेको उनको आरोप छ ।

‘प्रधानमन्त्रीले के चार्ज गर्नुभयो भन्दा मिटरब्यज पीडतको विधेयक चाहिँ एमालेको कारण रोकियो । कसरी एमालेको कारणले रोकिन्छ ? प्रधानमन्त्रीले जथाभावी बोलेको कारणले रोकियो । गृहमन्त्रीले समयमा त्यो विधेयक ल्याएर दर्ता नगरेको कारणले रोकियो । विधेयक भनेको त महिनौं छलफल हुन्छ, अघिल्लो दिन ल्याउने, भोलिपल्ट छलफल गर भन्दा पनि प्रतिपक्षले त विधेयकको गम्भीरतालाई हेरेर फुल हासउबाट पास गर्दिउँ भनेर त्यतिसम्म लचिलो भएको हो,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली युटर्न भएको उनको दाबी छ । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने सहमतिमा निस्किएका ओली केही समयमा युटर्न भएका थिए । प्रधानमन्त्री प्रचण्डको सचिवालयले निकालेको विज्ञप्ति र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्टको ट्वीटलाई लिएर ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि फोन गरेको र उक्त छान्छना फिर्ता लिन प्रधानमन्त्री नमानेपछि एमाले युटर्न भएको उनको दाबी छ ।

‘प्रधानमन्त्रीले मलाई बोल्न पनि नदिने तपाईँहरुले भन्नुभयो । बोल्न दिउँ । चित्त बुझ्छ, बुझ्दैन हेरौं भनेपछि त्यहाँ छलफल भयो, हामीले पनि कुरा राख्यो । उहाँका कुरा यस्ता–यस्ता आएका छन् भनेपछि उहाँ (ओली) ले त्यो स्टेटमेन्ट हेर्नु भएको रहिन छ, उहाँले त्यो हेरेपछि तुरुन्तै यस्तो त भन्न नपर्ने, प्रतिपक्षलाई यसरी चार्ज गर्न पाईन्छ ? म प्रधानमन्त्रीसँग कुरा गर्छु भनेर हाम्रै अगाडि उहाँ (प्रचण्ड) लाई फोन गर्नुभयो । के भन्नुभयो भने यो वक्तव्यमा लगाएको लान्छना पनि फिर्ता लिनुस् । प्रतिपक्षलाई यसरी लान्छना लगाउनु हुन्छ भने हामीलाई स्वीकार्य छैन । यसलाई पनि तपाईँले बोल्दा सम्बोधन गर्नुस् है भन्नुभयो । प्रचण्डले मान्नुभएन त्यसपछि ब्रेक भयो,’– पन्तले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot