Logo

स्वास्थ्यमन्त्री भन्छन् : अस्वास्थ्य मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाए



काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरेको दाबी गरेका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरे अस्वास्थ्य नभइ स्वास्थ्य मन्त्रालय बनाएको बताएका छन्।

उनले भने, ‘स्वास्थ्य मन्त्रालय छिर्ने बित्तिकै नाक थुनेर बस्नु र्ने अवस्था थियो। दायाँ बाँया कुकुरहरुको भीडभाडा दिने गरेको थियो। ब्लाकटप पनि बजेट व्यवस्थापन छैन कसरी हुन्छ भन्ने थियो। तीन हप्ताभित्रमा मन्त्रालयका सबै वाल पेन्टीङहरू, गार्डेन बनाउने काम, सरसफाईका अरू काम सम्पन्न गरेका छौं। अब अस्वास्थ्य मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाएको छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot