- युवराज कोइराला
समयलाई व्यक्तिले चिन्न सके
देशमै उद्योगधन्दा खुल्न सके
खै कसलाई गरौं दोषारोपण
अनि कसलाई समर्थन
लाजनीतिले गर्दाखेरि
सबै छन् हैरान
त्यसले उसलाई दोष दिने अनि
उसले त्यसलाई दोष दिने
कहिले कोल्टे फेर्छ र खै
यो देशको विकृत भेष
युवा–शक्ति खाडीतिर
रेमिट्यान्सले चल्छ देश
अब फर्क युवा तिमी
उद्योग खोल
अनि
बनाऔं सुरम्य देश ।
हाल–कागेश्वरी मनोहरा–६




प्रतिक्रिया