Logo

मन्त्री हेरफेरको छलफलमा प्रधानमन्त्री



काठमाडौं, असार २७ । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । सरकारलाई जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू हेरफेरका विषयमा आफ्ना निकटका नेताहरूसँग छलफलमा हुनुहुन्छ’, नेकपा माओवादी केन्द्रका एक नेताले भने– ‘कार्य मूल्याङ्कनमा कसैले नराम्रो काम गर्नुभएको छ, राष्ट्र तथा पार्टीको हितविपरीतमा काम गर्नुभएको छ भने त्यस्तालाई सरकारमा राख्न हुँदैन भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड पनि हुनुहुन्छ तर अहिले त्यस्तो अवस्था आएको छैन ।’

सरकारलाई समर्थन गरेको जनमत पार्टीले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसकेका छन् । तर, कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा प्रधानमन्त्री पुग्नुभएको नेताहरूले बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं सांसद राजन दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आफ्नै पार्टीका मन्त्री वा अरू कुनै मन्त्री फिर्ता बोलाउन सकिने बताए। पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि सरकारमा जाने चर्चा चलिरहेको छ ।

त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको मनस्थिति रहेको श्रोतको दाबी छ । नेपाल समाचारपत्र दैनकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot