Logo

कांग्रेसमा पेचिलो बन्दै आन्तिरिक द्वन्द्वः देउवाको कार्यशैली नसुध्रिए पार्टी नचल्ने इत्तर पक्षको निष्कर्ष



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले कांग्रेसको नीति र आदर्शमा विचलन आएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको आदर्श, नीति, नेतृत्व र संरचनामा विचलन आएको टिप्पणी गरेका हुन् ।
केन्दीय कार्यसमितिको बैठक एक वर्षदेखि बस्न नसकेको भन्दै उनले नेतृत्वले त्यसको जिम्मेवारी लिन आवश्यक रहेको उनले बताए ।

‘अहिले जे परिस्थिति छ, त्यसको जिम्मेवार हामी पनि हौंला । नेतृत्वले त्यसको जिम्मेवारी कति लिने हो ? अब कसरी जाने हो ? नेपाली कांग्रेसले जुन आदर्श बोकेर हिँडेको थियो, त्यो आदर्शमा विचलन आएको छ, नीति, नेतृत्व र संरचनामा विचलन आएको छ । त्यसलाई कसरी सुधारेर जाने भनेर सामूहिक सल्लाहबाटै निष्कर्ष निकाल्न पर्छ भन्ने मेरो दृष्टिकोण हो,’– उनले भने ।

उनले आफूहरु कोहीप्रति पूर्वाग्रही नरहेको उनले बताए । पार्टी पद्धति, प्रक्रिया र विधिले चलोस् भन्ने चाहेको बताए । उनले पार्टीमा अहिले आक्रम भइराखेको र कांग्रेसप्रति आस्था राख्ने युवा पुस्तामा नैराश्यता बढिरहेको बताए । अहिले पार्टी केही गिरोहको निर्णयमा चलेको उनको आरोप छ ।

‘हामीहरु पार्टी पद्धतिले चलोस्, प्रक्रियाले चलोस्, विधिले चलोसु भनेको हो । लोकतन्त्र भनेको मूल्य र पद्धतिमा आधारित हुने व्यवस्था हो । मूल्य नै स्खलन हुने, प्रक्रिया नै स्खलन हुने र केही गिरोह बसेर निर्णय गर्ने र त्यसलाई नै पार्टीको स्ट्याम्प लगाइदिने हो भने लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर चुनौति भयो । त्यो चुनौतिको शिलशिलामा सायद महामन्त्री ज्यूहरुले पनि प्रश्न उठाउनु भएको होला,’– उनले भने ।

पार्टीमाथि भइरहेको आक्रमण र पार्टीभित्रको नैराश्यतालाई पुनर्जीवन दिन आफूहरुले काम गरिरहेको उनले बताए । का निम्ति काम भइराखेको छ र हामीले जे गरेका छौं त्यो पुनर्जीवनकै निम्ति हो । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट अब पार्टी चल्न नसक्ने उनको दाबी छ । ‘उहाँ (देउवा) को कार्यशैली सुध्रिएन भने चल्दैन । यसलाई सुधारौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot