Logo

प्रधानमन्त्री दाहालप्रति सञ्चार मन्त्रालय र गोरखापत्र सस्थानको समवेदना



काठमाडौं, असार ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन साथी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं सम्बद्ध निकायहरुसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै समवेदना प्रकट गरेको हो ।

भेटकाक्रममा मन्त्रालयको टोलीले मृतक दाहालप्रति श्रदाञ्जली अर्पण गरेको हो थियो भने प्रधानमन्त्रीसहित शोक सन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गरेको थियो ।

प्रधानमन्त्री पत्नी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot