Logo

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई मुख्य कसुरदार बनाउन माग



काठमाडौं, ३० असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु शाहले ललिता निवास जग्गा प्रकरणको मुख्य दोषी तत्कालीन प्रधानमन्त्रीहरु रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्याविनेटबाट भएको निर्णयको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् । ललिता निवास प्रकरणमा तत्कालीन क्याविनेटका प्रधानमन्त्रीलाई मुख्य कसुरदार र प्रस्ताव लाने मन्त्रीलाई सहायक कसुरदाय बनाएर कारबाही गरिनुपर्ने उनको माग छ ।

‘जुन निर्णय क्याविनेटबाट भएको हो, प्रधानमन्त्रीको संलग्नता र उपस्थिति बिना त्यो सम्भव नै छैन । जो बढी जिम्मेवार हो त्यसलाई बढी डण्ड गर्नुपर्छ ।’ उनले भने, ‘शाखा अधिकृत थुनामा जाने, निर्णय गर्ने सचिव, मन्त्री, त्यसपछि क्याविनेट । क्याविनेटमा गएको फाईलको जवाफदेही त प्रधानमन्त्री हुन्छ । क्याविनेटबाट भएको निर्णय जवाफदेही मन्त्री कहाँ हुन्छ ? मन्त्री त प्रस्तावक हो । जसले प्रस्ताव लिएर क्याबिनेटमा जान्छ, प्रस्तावक सहायक दोषी हो भने मुख्य दोषी त प्रधानमन्त्री हुन्छ ।’

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम जोडिने गरेको छ ।प्रचण्डले ‘कुर्सीको लोभमा बस्दिँन, देश र जनताको सेवामा लाग्छु’ भन्दा आफूहरुले धेरै गौरव फिल गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड कुर्सी मोह र सत्ता मोहबाट माथि उठेर देश र जनताको मोहमा लाग्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot