Logo

आजपा अध्यक्ष साह र वरिष्ठ उपाध्यक्ष न्यौपानेद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं, ३० असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र वरिष्ठ उपाध्यक्ष बद्रि न्यौपानेले बालुवाटार पुगेर स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साह र न्यौपानेले आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तथा छोरीहरु रेणु र गंगा दाहालप्रति समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री दाहाल पत्नी सीताको यही बुधबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot