Logo

निजी भ्रमणका लागि बेलायत पुगे स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं, असार ३१। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् ।उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन पुगेका हुन् ।

शुक्रवार साँझ लन्डन पुगेका मन्त्री बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए ।

मन्त्री बस्नेतले बेलायत बसाईका क्रममा बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसँग भेट्ने र यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot