काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका छन्।
आइतबार पत्रकारहरूसँगको छलफलमा बोल्दै प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका हुन्।
उनले कुनै मतभेद वा अन्य कारण न्यायाधीशहरूको नियुक्त हुन नरोकिएको तर कहिले कोही कहिले कोही व्यस्त भएर न्याय परिषदको बैठक बस्न नसकेका कारण ढिलाई भएको दाबी गरे।
त्यस्तै, अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्ने उनले बताए।




प्रतिक्रिया