Logo

‘केपी बा’ सब्सक्राइब गर्ने ओलीको आग्रह



काठमाडौं, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्।

आइतबार फेसबुकमा २०५३ सालमा आफू हेलिकप्टर दुर्घटनामा परेर बाँचेको अनुभव लेख्दै उनको ‘केपी बा’ नामक युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन् :
पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।

यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।

मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु ।
आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल Subscribe गर्नुहोस् न है।



प्रतिक्रिया दिनुहोस्

Screenshot