Logo

संगठन विस्तारमा सक्रिय बाबुराम



काठमाडौं, ३१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन विस्तारमा सक्रिय भएका छ्न । माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेको र आफूलाई नसमेटेपछि आफ्नो दलको संगठन विस्तारमा भट्टराई सक्रिय भएका छन् । उनी हालै कोशी प्रदेशको भ्रमणबाट काठमाडौं फर्किएका छन् ।

आज भने उनी नेपाल समाजवादी नेवाः संघको भेलामा सहभागी भए । उनले उक्त संघ सक्रिय बनिरहेको उल्लेख गरेका छन् । भट्टराईले भनेका छन्–‘उत्पीडित जातिरराष्ट्रियताहरूलाई राजनीतिक र आर्थिक पहिचानरअधिकारको जगमा मात्रै सांस्कृतिक पहिचानरअधिकार सुरक्षित हुन्छ भन्ने बुझ्न र त्यसनिम्ति लड्न आग्रह ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot