काठमाडौं, साउन १ । केन्द्रीय समितिको एजेण्डाबारे छलफल गर्न आज नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। बैठक दिउँसो २ बजे बस्नेछ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।




प्रतिक्रिया