सिनामंगलमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पार्यो


काठमाडौं, ३ साउन । नेपाली सेनाको एक टोलीले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ।

आज (बुधबार) बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो ।

उक्त शंकास्पद वस्तु खोटाङ हलेसी ज्वेलर्स अगाडि फेला परेको हो। Photo by: Mukunda Kalikote/ RN