Logo

काँचो केरा खानुका फाइदाहरु



सविता सिंह ठकुरी : केरा एउटा मिठो तथा गुणकारी फल हो । यो प्रायः सबै ठाउँमा पाईँछ । अहिलको समयमा केरा खेति निकै बढ्दो छ । कतिपय ठाउँमा मुख्य आम्दानीको रुपमा केरा खेति पनि गर्ने गर्दछन् । हामीहरुले प्रायजसो पाकेको केरा खाने गरेका छौँ । पाकेको केरामा विभिन्न प्रकारका खनिज पदार्थ, पौष्टिक तत्व र भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

जसले गर्दा हाम्रो शरीरलाई चाहिएको तत्वहरु प्राप्त हुन्छ । त्यसैगरी काँचो केरामा पनि प्रशस्त मात्रामा पौष्टिक तत्व, पोटासियम, फाइबर, भिटामिन ‘बि–६’ र ‘सी’ पाइन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै हाम्रो हड्डीलाई मजबुत बनाउछ र रोगहरु लाग्नबाट बचाउँछ । त्यसैले काँचो केरा दैनिक सेवन गर्न जरुरी हुन्छ । हामीले काँचो केरालाई काँचै खाने वा विभिन्न परिकारहरु अचार, चिप्स, काँचो केरालाई तारेर वा तरकारीको रुपमा खान सकिन्छ । यसको प्रयोगसँगै फाइदाहरु पनि धेरै रहेका छन् ।

काँचो केरा खानुका फाइदाहरु
१. आधुनिक जीवनशैलीको कारण मानिसहरुको तौल बढ्दै गएको पाइन्छ । त्यसैले दैनिक एउटा काँचो केरा खानाले तौल घटाउन मद्दत गर्दछ ।
२. काँचो केरामा पाइने फाइबरले अनावश्यक मोटोपन, फ्याट सेल र शरीरभित्र रहेको फोहोरलाई सफा गर्ने काम गर्दछ ।
३. काँचो केरामा पाइने फाइबर र स्वस्थ स्टार्च नामक तत्वले आन्द्रामा उत्पन्न हुने जुनसुकै अशुद्ध पदार्थलाई सफा गर्ने भएकोले कब्जियत भएको व्यक्तिहरुलाई निकै फाइदा दिने गर्दछ ।
४. दैनिक एउटा काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार ल्याउन मद्दत गर्दछ । यसले हाम्रो मेटाबोलिजम बढाउन र शरीरमा स्फुर्ती बढाउन मद्दत गर्दछ ।
५. यसमा पाइने पोटासियमले रक्तचाप घटाउन र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. काँचो केरामा क्याल्सियम पाइनेहुनाले हड्डि बलियो बनाउन मद्दत गर्दछ ।
७. काँचो केरामा पाइने फाइबर र अन्य पौष्टिक तत्वले भोक लाग्न कम गर्न मद्दत गर्दछ ।
८. काँचो केरा क्यानसर भएका बिरामीका लागि धेरै फाइदा दिने गर्दछ । यसले धेरै प्रकारका क्यानसरबाट बचाउँन मद्दत गर्दछ ।
९. काँचो केरामा पाइने फाइबरले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
१०. काँचो केराको प्रयोगले मधुमेह रोगलाई पनि फाइदा दिने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot